डडेल्धुरामा एमालेले कांग्रेस बिपीसँगको गठबन्धन तोड्यो, चक्र स्नेहीले दिए उम्मेदवारी
2022/10/10, 11:59
 
ss

धनगढी- नेकपा एमालेले डडेल्धुरामा नेपाली कांग्रेस बिपीसँगको गठबन्धन तोडेको छ । एमालेले कांग्रेस बीपीका कर्णबहादुर मल्ललाई प्रतिनिधिसभा सदस्यमा समर्थन गर्ने जनाएको थियो तर आइतबार निर्वाचन अधिकृतको कार्यालय पुगेर एमालेका चक्र स्नेहीले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।

उनी पूर्व राष्ट्रियसभा सदस्य पनि हुन् । एमाले डडेल्धुराले केन्द्रबाट आधिकारीक रुपमा निर्देशन नआएकाले प्रतिनिधिसभामा एकल उम्मेदवारी दिएको जनाएको छ उनीसँगै प्रदेशसभा क मा सुदुरपश्चिमका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका पठानसिंह बोहोरा र प्रदेशसभा ख मा गजेन्द्र शाहीले मनोनयन दर्ता गराएका छन् । यस्तै प्रतिनिधिसभामा कांग्रेस बीपीका वरिष्ठ उपाध्यक्ष समेत रहेका मल्लले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

मल्ल नेपाली कांग्रेस डडेल्धुराका पूर्व सभापति पनि हुन् । नेपाली कांग्रेसको अधिवेशनका बेला क्रियाशिल सदस्यता वितरणको विषयलाई लिएर संस्थापन पक्षसँग विवाद भएको थियो । त्यसपछि उनी कांग्रेस ९बीपी० मा प्रवेश गरेका थिए ।  प्रतिनिधि सभामा हालै एकीकृत समाजवादीबाट नेकपा एमालेमा फर्किएका बिक्रमबहादुर शाहीले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।