टीकापुर- बाढी पसेपछि टीकापुर लगाएतका क्षेत्र डुबानमा परेपछि सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा.रणबहादुर रावल रातभर प्रभावित क्षेत्र अनुगमन र निरिक्षणका गर्न पगेका छन् । निरक्षणपछि सो क्षेत्रमा उद्धारका लगि सुरक्षाकर्मी खटाईएको थियो । प्रभावित क्षेत्रका नागरिकलाई उद्धार गरी उच्च स्थानमा राखिएको छ । उनीहरुलाई अस्थायी बसोबासका लागि त्रिपाल र खाद्यान्न समेत बितरण गरिहेका छन् ।
असोज २३गते मनोयन दर्ता गर्ने समय भएकोले पनि त्यो कार्य सकेर राती भएपनि नागरिक अबस्था बुझ्न गएको सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा.रणबहादुर रावलले बताए । रावलको राती करिव १ बजे सम्म प्रभावित क्षेत्रमा खटिएको थियो ।
कर्णाली नदीको उच्च बहावका करण टीकापुर, जानकीनगरका तल्लो तटीय क्षेत्र पुरै प्रभावित भएको छ । त्यसैगरी नगरपालिकाको करिब साढे चार सय परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
कर्णाली नदीमा बाढीले खतराको तह पार गरेपछि जोखिममा परेको क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको हो । यसैगरी, जानकी गाउँपालिकाका करिब १० घरधुरीका मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।स्थानीयलाई सुरक्षित रहनका लागि एफएम र माइकिङमार्फत अपील गर्ने कार्य भइरहेको मन्त्री रावलले जानकारी दिए । ‘हामी रातभर प्रभावित क्षेत्रको अनुगमन गरेका छौ’ मन्त्री रावलले भने– ‘प्रभावित क्षेत्रमा राहत र खाद्यान्नका लागि निर्देशन दिईसकेका छौ । ’
यस्तै, कैलालीको टीकापुर नगरपालिका–५ शाहीपुर र जानकी गाउँपालिका–९ को खैरीफाँटा नजिक एवम् पथभर स्कुल नजिक बाँध फुट्ने अवस्थामा रहेको बताईएको छ । बाँध जोगाउनका लागि तीन वटा जेसीबी र दुई वटा टिप्परबाट काम भइरहेको छ । मन्त्री रावल सहित कैलाली क्षेत्र नम्बर १का काँग्रेसका सभापति प्रकाश शाह, सचिव धनन्जय रिमाल, नगर सभापति नरेशकुमार खत्री, टीकापुर उद्योग बाणिज्य संका कार्यवहाक अध्यक्ष सन्तोष खड्का, उपाध्यक्ष कृष्णप्रशाद जैशी बजगाई, कोषाध्यक्ष रुपेश साँउद, सुरक्षाकर्मी, रेडक्रसकर्मीहरुको टोली खटिएको थियो ।
45Shares