
बाढी पसेपछि टीकापुर नगरपालिकाको करिब साढे चार सय परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

कर्णाली नदीमा बाढीले खतराको तह पार गरेपछि जोखिममा परेको क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको हो । यसैगरी, जानकी गाउँपालिकाका करिब १० घरधुरीका मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
स्थानीयलाई सुरक्षित रहनका लागि एफएम र माइकिङमार्फत अपील गर्ने कार्य भइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

यस्तै, कैलालीको टीकापुर नगरपालिका–५ शाहीपुर र जानकी गाउँपालिका–९ को खैरीफाँटा नजिक एवम् पथभर स्कुल नजिक बाँध फुट्न लागेको जोशी जानकारी दिए । बाँध जोगाउनका लागि तीन वटा जेसीबी र दुई वटा टिप्परबाट काम भइरहेको छ ।
2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/01/31, 12:51
2021/04/27, 5:07
2021/11/13, 9:13
2020/06/27, 9:28