
खतराको तहभन्दामाथि रहे पनि कर्णाली नदीमा पानीको सतह घट्न थालेको छ । विहानबाट कर्णाली नदीमा पानीको सतह घटिरहेको चिसापानी जलमापन केन्द्रका गेज रिडर पार्वती गुरुङले जानकारी दिइन ।

विहान ५ बजेको मापन अनुसार पानीको सतह १२.२५ मिटर रहेको छ । कर्णालीमा बाढी अझै खतराको तहभन्दा माथि रहे पनि विस्तारै घट्न थालेको उनले बताइन् । कर्णाली नदीमा १०.८० मिटर खतराको तह हो ।
कर्णालीमा बाढीले खतराको तह पार गरेपछि कैलालीको टीकापुर नगरपालिका, जानकी गाउँपालिका र बर्दियाको राजापुरका केही ठाउँमा डुबान भएको छ । यस्तै, जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

यसैगरी, मोहना नदीमा पनि पानीको सतह घट्ने क्रममा रहेको जनाइएको छ । विहान ७ बजे मोहनामा पानीको सतह ४.३६ मिटरमा झरेको छ ।
2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/01/31, 12:51
2021/04/27, 5:07
2021/11/13, 9:13
2020/06/27, 9:28