कैलालीको कर्णाली नदीमा जलसतह अझै घटेन, खतरा तह नाघ्यो
2022/10/10, 2:15
 
da

कैलालीको कर्णाली नदीमा अझै पनि जलसतह घटेको छैन। लगातारको वर्षाका कारण कर्णाली नदीमा जलसतह खतरा नजिक पुगेको थियो। हिजो (आइतबार) देखि जलसतह बढेकोमा अहिलेसम्म नघटेको हो। 

जलसतह केही घटेपनि खतरा तहभन्दा अझै माथि नै रहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। अहिले कर्णालीको जलसतह ११.७० रहेको प्रशानले जनाएको हो। 

कर्णालीको खतरा तह १०.८ भएपनि जलसतह बढी रहेको छ। हिजो (आइतबार) जलसतह १२ मिटर बढी रहेपनि आज भने केही मात्रामा घटेको छ।