एमाले सुदूरपश्चिममा टिकट वितरणमा असन्तुष्टि, कतै बागी कतै राजीनामा
2022/10/10, 6:34
 
dd

टिकट वितरणलाई लिएर नेकपा एमाले सुदूरपश्चिममा तीव्र असन्तुष्टि देखिएको छ।आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा एमालेबाट टिकट नपाएकाहरु कतै बागी उठेका छन् भने कतै राजीनामा दिएका छन्।

अछाम १ मा जिल्ला हुँदै प्रदेश कमिटीबाट एकल सिफारिस भएका एमालेका पूर्वउपाध्यक्ष डा।भीम रावलको टिकट खोसेर एमालेले माओवादीबाट समाहित भएका झपट बोहरालाई टिकट दिँदा विद्रोह भएको छ।

अछाम निर्वाचन क्षेत्र नम्बर १ समन्वय कमिटी संयोजक प्रकाश शाहसहित ४० बढी एमाले नेता कायकर्ताले जिम्मेवारीबाट राजीनामा दिएका छन्।आइतबार उम्मेदवारी दर्ता गर्न पुगेका झपट बोहरालाई कालो झण्डा देखाउँदै रावलनिकट कार्यकर्ता अछाममा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजीमै उत्रिएका थिए।

डडेल्धुरामा नेपाली कांग्रेस बीपीसँग एमालेले गरेको गठबन्धन टुटेको छ। डडेल्धुरामा नेकपा एमालेले प्रतिनिधि सभामा कांग्रेस बीपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्ललाई समर्थन गर्दै आफ्नो उम्मेदवार नउठाउने सहमति गरेको थियो।

यो सहमतिविपरीत डडेल्धुरामा एमालेबाट प्रतिनिधिसभामा दुईजनाको उम्मेदवारी परेको छ। प्रतिनिधि सभातर्फ पूर्व राष्ट्रिय सभा सदस्य चक्र स्नेहीको उम्मेदवारी परेको छ।यस्तै, एमाले विभाजनमा नेकपा एकीकृत समाजवादीमा लागेर केही महिना अगाडि फर्किएका विक्रमबहादुर शाहीले डडेल्धुरामा बागी उम्मेदवारी दर्ता गराएका छन्।

‘डडेल्धुरामा अरुका लागि ठाउँ खाली छोड्न सकिँदैन, सधैँ अरुलाई बोकेर कति हिँड्नेरु यस्तो भयो भने एमालेको अस्तित्व सकिन्छ,’ उनले भने, ‘जति मत आए पनि उम्मेदवारी दिनुपर्छ भनेर मनोनयन दर्ता गरेको छु।’

एमालेको अरु उम्मेदवार आए फिर्ता लिने तर अरु दलका उम्मेदवारलाई समर्थन गर्न नसकिने उनले बताए।एमाले विभाजनका बेला समाजवादीमा लागेका शाही केही महिनाअगाडि एमालेमै फर्किएका थिए।

एमालेले संघमा कांग्रेस बीपीका मल्ललाई समर्थन गर्दै प्रदेश सभामा गजेन्द्र शाही र पठानसिंह बोहरालाई टिकट दिएको थियो।एमाले कञ्चनपुरमा पनि असन्तुष्टि र विद्रोह गर्नेको कमी छैन। टिकट वितरणमा असन्तुष्टि जनाउँदै कञ्चनपुर १ प्रतिनिधि सभामा एमाले नेता खेम सुवेदी बागी उठेका छन्।

पुराना र क्रियाशील नेतालाई पाखा लगाउँदै अवसरवादीलाई पुरस्कृत गरेको भन्दै सुवेदीले पार्टी परित्याग गरेका छन्।यस्तै, निर्वाचन क्षेत्र नम्बर २९१० मा प्रदेश कमिटी सचिवालय सदस्य टेकबहादुर हमालले पनि विद्रोह गर्दै बागी उठेका छन्।

कञ्चनपुर एमालेका संस्थापनकालदेखि नै सक्रिय प्रदेश कमिटी सचिवालय सदस्य जयराज पाण्डेले पार्टी छाडेका छन्। उनले क्षेत्र नम्बर २९१० का बागी उम्मेदवार हमाललाई समर्थन गरेका छन्।त्यस्तै, एमाले कञ्चनपुरका उपसचिव कर्णबहादुर चन्दले क्षेत्र नम्बर ३९१०बाट बागी उम्मेदवारी दिएका छन्।

एमाले केन्द्रीय सदस्य सहदेव बोगटीले बाजुराको प्रदेशसभा ९१० बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। एमालेले उक्त निर्वाचन क्षेत्रबाट यसअघिका संघीय सासंद लालबहादुर थापालाई टिकट दिएको छ।

बोगटीले प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ९२०बाट टिकट पाउने चर्चा थियो। तर अन्तिममा निवर्तमान प्रदेशसभा सदस्य बलदेव रेग्मीले टिकट पाएपछि उनी अर्को निर्वाचन क्षेत्रबाट बागी उम्मेदवार बनेका हुन।

माओवादी केन्द्रमा रहेका बोगटी नेकपा विभाजनपछि एमालेतर्फ लागेका नेता हुन्। कैलालीमा टिकट वितरणमा असन्तुष्टि जनाउँदै एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य मानबहादुर रावलले राजीनामा दिएका छन् ।

रावलले प्रदेशसभा सदस्यको टिकट वितरणमा चरम गुटबन्दी गरिएको आरोप लगाउँदै पदबाट राजीनामा दिएका हुन्। कैलाली प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ४९२० बाट उनी सिफारिस भएका थिए तर टिकट पाएनन्।

कैलालीमा एमालेका पुराना नेता यज्ञराज बास्तोलाले पनि साधारण सदस्य समेत नरहनेगरि राजिनामा दिएका छन् । एकातिर गठबन्धनको दबदबा र अर्कोतिर पार्टी भित्रको चरम असन्तुष्टीले एमाले लाइ सुदूरपश्चिम प्रदेशमा धक्का पुग्ने देखीन्छ ।