मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा करिब ११ हजार भन्दा बढी म्यादी प्रहरी खटाइने भएको छ ।
प्रदेशको ९ वटै जिल्लाको प्रत्येक प्रतिनिधि तथा प्रदेश सभाको चुनाव सुरक्षाका लागि ११ हजार ५ सय ७८ जना म्यादी प्रहरी खटाइने सुदूपशिचम प्रदेश प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार डोटीमा ९ सय ५३, अछाममा १ हजार २ सय ६८,बाजुरामा ७ सय ४९, डडेल्धुरामा ९ सय ३७ जना म्यादी प्रहरी खटाइने छन ।
यस्तै बैतडीमा १ हजार १ सय ९१, दार्चुलामा ८ सय २९, बझाङमा १ हजार १ सय ८८, कैलालीमा २ हजार ८ सय १२ र कञ्चनपुरमा १ हजार ६ सय ३२ जना म्यादी प्रहरी खटाउने कोटा छुट्याइएको छ ।
गत भदौ ३० गतेसम्म म्यादी प्रहरीको लागि खुलेको भर्नामा सुदूरपश्चिम प्रदेशमा २४ हजार ५ सय १६ जनाले आवेदन दिएका थिए । त्यसबाट ११ हजार ५ सय ७८ जना छनोट गरिने बताए ।