अगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका लगी कैलालीमा सबै पार्टी र केही स्वतन्त्र उम्मेदवारहरू आइतबार मनोनयन दर्ता गरेका छन् ।
कैलालीमा प्रतिनिधिसभा सदस्य पदका लागि ४८ र प्रदेशसभा सदस्य पदका लागि ९६ जनाको उम्मेदवारी परेको छ । पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा कुल एक सय ४४ जनाको उम्मेदवारी परेको छ ।पाँच सिटमा ४८ जना र प्रदेशतर्फको १० सिटमा ९६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
प्रमुख दलबाहेक ४२ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। स्वतन्त्रबाट प्रतिनिधि सभामा १० र प्रदेश सभाका लागि ३२ जनाको उम्मेदवारी परेको छ ।
कैलालीको निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभाका दुई स्वतन्त्र सहित १० जनाको उम्मेदवारी परेको छ । त्यस्तै, प्रदेशतर्फ १ (क) मा ७ जना राजनीतिक दल बाट छन् भने ३ जना स्वतन्त्र गरी १० जनाको उम्मेदवारी परेको भने , १ (ख) मा ८ जना राजनीतिक दल बाट छन् भने ४ जना स्वतन्त्र गरी १२ जनाको उम्मेदवारी परेको छ ।
कैलालीको निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि ९ जना र प्रदेश सभा तर्फ २(क)मा १ जना स्वतन्त्र र ८ जना राजनीतिक दलको गरी ९ उम्मेदवारी परेको छ भने, २ (ख) मा ४ जना स्वतन्त्र र ७ जना राजनीतिक दलको गरी ११ जनाको उम्मेदवारी परेको हो।
निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधि सभामा २ स्वतन्त्र र ६ जना राजनीतिक दलका गरी ८ जनाले उम्मेदवारी दिएका छन्। प्रदेश सभातर्फ ३ (क) मा २ स्वतन्त्र र छ जना राजनीतिक दलका गरी ८ जनाको उम्मेदवारी परेको छ । त्यस्तै र ३ (ख) मा सात जना स्वतन्त्र र ६ जना राजनीतिक दलका गरी १३ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन क्षेत्र नं.४ मा प्रतिनिधि सभामा १ जना स्वतन्त्र र नौ जना राजनीतिक दलका गरी १० जनाले उम्मेदवारी दिएका छन्। प्रदेश सभातर्फ ४ (क)मा ६ स्वतन्त्र र ७ जना राजनीतिक दलका गरी १३ जनाको उम्मेदवारी परेको छ । त्यस्तै ४ (ख) मा दुई जना स्वतन्त्र र ४ जना राजनीतिक दलका गरी ६ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन क्षेत्र नं. ५ मा प्रतिनिधि सभामा ५ जना स्वतन्त्र र ६ जना राजनीतिक दलका गरी ११ जनाको उम्मेदवारी परेको छ । प्रदेश सभातर्फ ५ (क) मा १ स्वतन्त्र र पाँच जना राजनीतिक दलका गरी ६ जनाको उम्मेदवारी परेको छ, भने ५ (ख)मा एक जना स्वतन्त्र र ७ जना राजनीतिक दलका गरी आठ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
आगामी मङ्सिर ४ गते हुने प्रत्यक्ष तर्फको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदका लागि जिल्लाका ५ निर्वाचन क्षेत्रमा आइतबार कुल एक सय ४४ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीले जानकारी दिएको छ ।