कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा पाँच दलीय गठबन्धनको निर्वाचन परिचालन समिति गठन गरिएको छ । आज धनगढीको विपी स्मृति भवनमा भएको पाँच दलिय गठबन्धनको बैठकले निर्वाचन परिचालन समिति गठन गरेको हो ।
परिचालन समितिको संयोजकमा नेपाली कागेंस क्षेत्र नम्बर ५ का सभापति भिम पडाललाई चयन गरिएको छ । समितिको सहसंयोजकमा माओवादी केन्द्रकी प्रदेश कमिटि सदस्य शान्ति अधिकारीलाई चयन गरिएको छ । निर्वाचन परिचालन समितिको सचिवमा नेकपा एककृत समाजवादीका नेता हनुमान चौधरीलाई जिम्मेवारी दिईएको छ ।
आज नै भएको कैलाली क्षेत्र नम्बर ५ को प्रदेश सभाका क र ख तथा धनगढी उपमहानगरपालिकाका लागि पनि निर्वाचन परिचाल समिति गठन गरिएको छ । प्रदेश ५ को क मा काग्रेंसका सीताराम रानालाई संयोजक, माओवादीका राधाकृष्ण अधिकारीलाई सहसंयोजक र एकृकित समाजवादीका रामबजारी चौधरीलाई सचिवको जिम्मेवारी दिईएको छ ।
प्रदेश ५ को ख मा काग्रेंसका केशवराज जोशीलाई संयोजक, माअोवादीका कृष्ण चौधरीलाई सहसंयोजक र एकिकृत समाजवादीका चक्र विकलाई सचिवको जिम्मेवारी दिईएको छ । धनगढी उपमहानगरपालिका क्षेत्रमा पनि निर्वाचन परिचालन समिति बनाईएको छ । धनगढी नगर समितिको निर्वाचन परिचालन समितिको संयोजकमा काग्रेंसका यज्ञराज उपाध्याय, सहसंयोजकमा माओवादीका सुरज खाती र सचिवमा एकृकित समाजवादीका बाबुराजा श्रेष्ठलाई चयन गरिएको छ ।