
डोटी दिपायलस्थित सेती नदीमाथिको मोटरेवल पुलमा अड्किएको रुख नेपाली सेनाले हटाएको छ । २० गतेदेखि लगातार भइरहेको बर्षासंग सेती नदीमा आएको बाढीले किनारको ठूलो पीपलको रुख बगाएर पुलमा अड्किएको थियो ।

रुखका दुई हाँगा पुलको पिलरमा फसेपछि अड्किएको थियो । लगातारको बर्षासंग नदीमा पानीको सतह बढ्दै गएपछि स्थानीयवासीमा नदी थुनिने चिन्ता बढेको थियो । मंगलबार सेनाको भैरव प्रसाद गणको टोलीले रुख हटाएको गणका गणपति प्रमुख सेनानी जनमतबहादुर कार्कीले जानकारी दिए । रुखले नदी थुनिने जोखिम बढेका खवर आएपछि अड्किएको रुख निकालिएको गणपति कार्कीले बताए ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/01/31, 12:51
2021/04/27, 5:07
2021/11/13, 9:13
2020/06/27, 9:28