नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति तथा कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाका उम्मेदवार रहेका वीरबहादुर बलायरले सुदूरश्चिमको राजधानी हावामा रहेको बताएका छन्। मंगलबार अत्तरियामा कांग्रेसको क्षेत्रिय कार्यसमितिले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै बलायरले यस्तो बताएका हुन्।
‘मैले डोटीमा हुँदा प्रदेशको राजधानी धनगढी डेरामा छ। गोदावरी हावामा छ भनेको कुरालाई यहाँ पहाड बनाईदैंछ’, उनले भने, ‘मैले सही भनेको त छु, अहिले प्रदेशको राजधानी धनगढी डेरामा छैन र रु गोदावरीमा बनाईने भनेको राजधानी खै कता छ रु कसैले देख्नुभाछ, हावामै छ नी। अब यो निर्वाचनमा जितेर गठबन्धनको सरकारले प्रदेशको स्थायी राजधानी निर्माण कार्य सुरु गर्छ।’
प्रदेशको राजधानी निर्वाचनपछि गठबन्धन सरकारले स्थायी रुपमा निर्माण गर्ने उनको भनाइ छ। गठबन्धनको नेतृत्वमा सरकार बनेपछि ६ महिनाभित्र सम्भावित ठाउँमा राजधानी निर्माण थालिने उनको दाबी छ।