जिसस प्रमुखद्धारा कर्मचारीलाई ज्यान मार्ने धम्की दिएको आरोप, कर्मचारीमा त्रास (भिडियो सहित) 
2020/06/27, 8:33
 
dhamki

जिल्ला समन्वय समिति (जिसस) कैलालीका प्रमुख सूर्यबहादुर थापाले सरकारी गाडी, ईन्धन र जनशक्तीलाई निजी प्रयोजनमा लगाउने गरेको कुरा वाहिर ल्याएको भन्दै कर्मचारीलाई ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ । प्रमुख थापाले कार्यरत कर्मचारीलाई व्यक्तीगत काममा लगाउँदा नमान्नेलाई जगिरबाटै निकाल्ने, स्पष्टीकरण सोध्ने, विभागीय कारवाहीको लागि मन्त्रालयलाई सिफारिस गर्ने लगायत कार्य गर्दै आएको रहस्य खुलाएका कर्मचारीहरुलाई ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ । 

व्यक्तिगत काममा लगाउँदा पछिल्लो समय जिसस प्रमुख थापा र कर्मचारीबीच मनमुटाव निकै चुलिएकै वेला त्यसको विरोध गर्ने कर्मचारीहरुलाई ज्यान मार्ने धम्की दिईएको आरोप लागेको छ । आफूले चाहे अनुसारको काम नगरेको भन्दै करार सेवामा कार्यरत हलुका सवारी चालक प्रेम नाथलाई सेवाबाट हटाइ दिएको र लकडाउनको अवधिमा काम नगरेको भन्दै निमित्त समन्वय अधिकारी तथा शाखा अधिकृत सुनिल सागर जोशी र नायव सुब्बा वीरराम ताम्राकारलाई स्पष्टीकरण सोधेर चित्त बुझ्दो जवाफ नआएको भन्दै विभागीय कारवाहीको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेपछि कर्मचारी र जिसस प्रमुख थापा बीच विवाद चुलिदै गएको छ ।

जिसस प्रमुखको कार्यबाट असन्तुष्ट भएका नासु एवम् कार्यालयका सूचना अधिकारी वीरराम ताम्राकारले कार्यालयको नियमित काम गर्दागर्दै पनि स्पष्टीकरण सोध्ने र पहुँचकै भरमा विभागीय कारवाहीको लागि मन्त्रालयलाई सिफारिस गरेको आरोप लगाएपछि उनले आफुलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । थापाले गरिरहेका काम र हर्कतहरुका वारेमा सञ्चार माध्यममा समाचार आएप्छि आफुलाई सात आठ जना कर्मचारीकै सामु धर्काउदै धम्की दिएको उनको आरोप छ । ‘मिडियामा आउट भएपछि मलाई वोलाईयो । सात आठ जना भेला भएका थिए । मलाई थर्काउदै तलाई देखाउँछु, हेर्छु । म व्यापाी हुँ । ठुलो कम्पनीको मालिक हुँ । त जस्तालाई म के गरि दिन्छु, फटाहाहरुलाई ठीक पार्छु भन्ने अभिव्यक्ती दिएपछि असुरक्षित महसुस गरेको छु ।’ सुचना अधिकारी समेत रहेका ताम्राकारले भने–‘मेरो जीवन रक्षाका लागि ठुला व्यापारीले ज्यान मार्छु भन्ने सम्मको धम्कीपुर्ण अभिव्यक्ती दिनुभएको छ । आम सञ्चार जगतमा अनुरोध छ की मेरो जीवन रक्षा गरि दिनु । मेरो जीवन बँचाई दिनु ।’

पहुँच नभएका कर्मचारीको श्रम शोषण र पेटमा लात हान्ने काम हुँदै आएपछि आफुले त्यसको विरोध गर्दै आएको उनको भनाई छ । आफुले लकडाउनमा पनि काम गर्दा गर्दै पनि कारवाही भोग्नुपर्ने अवस्था आएको सूचना अधिकारी ताम्राकारको गुनासो छ । ‘कर्मचारीलाई कारवाही गर्ने, स्पष्टीकरण सोध्ने के कारवाही गर्ने भनेर निजामति कर्मचारी ऐनमा लेखिएकै छ । त्यो अधिकार नाघेर कानुन हातमा किन लिनुभयो ? ’ उनले भने– ‘हामी काम गरि नै रहने गरेका छौं । दुई जनालाई विभागीय कारवाही गर्छु । अर्को मान्छे ल्याउँछु  भनेर चलखेल र प्रोपोकाण्डा बनाउनुभयो । हामीले त्यसको विरोध गर्दा हामीलाई अहिले काम नगर्ने भनेर आरोप लगाईदैछ । यो सरासर गलत हो । जनताका आँखामा छारो हाल्ने काम हो । मैले काम गरे नगरेको त प्रमाणले बोल्छ नि ।’ 

तर जिसस कैलालीका सभापति सुर्यवहादुर थापाले कुनै पनि आरोपमा सत्यता नभएको र आफुलाई आरोप लगाउने ताम्राकारको दिमागी हालत ठीक नभएको बताए । उनले काम गर्दै नगर्ने र अरुलाई आरोप लगाएर जिम्मेवारी पुरा नगर्नेको अवस्था ठीक नभएको बताए । आफुले धनगढीमा पत्रकार सम्मेलन गरेर पत्रकारहरुले भिडियो रेकर्ड गरेको दावी गर्दै थापाले सवै कर्मचारीले ताम्राकार विरुद्ध वोलेको र आफुहरुको नाम जोडेर मिच्न खोजेको बताए । ‘कुनै पनि काम गर्ने सवैले वोलेका छन् । पत्रकार साथीहरु भिडियो रेकर्ड गरेका छन् । उहाँहरुले एक एक गरेर सोधेका छन् । मेरो भेट भएको छैन् ।’ धम्की पनि दिएको छैन । तपाईले पनि भिडियो हेर्नुहोला । थापाले भने ।’ 

साभापति थापाले कोरोनाका वेला आफु विभिन्न स्थानहरुमा पुगेपनि ताम्राकार कतै नभएको र  तीन महिनादेखि क्वारेन्टिनमा छु भनेर काम नगरेको आरोप लगाउँछन् । ‘तीन महिनादेखि क्वारेन्टिनमा छु भने फोन नै नउठाउने । हामीहरुका नम्बर ब्लाक लिस्ष्टमा राख्ने । अनेक कुराहरु गरिरहेको छ । मेरो लिनु दिनु केही पनि छैन् । मैले चाहेको कुरा हरेक मान्छेले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्छ । जागीर खाने कर्मचारीले जिम्मेवारी पुरा गर्नुपर्यो । गरेन भने समन्वय अधिकारीलाई अर्डर गर्थे निमित्त सिमित्त भएका कारण कि मैले राजिनामा दिनुपथ्र्यो । मैले कारवाहीका लागि त्यही भएर लेखेर पठाएको हुँ । राज्यलाई ठगी खाने मान्छेलाई कारवाहीका लागि विभागलाई लेखि पठाएको छु ।’ उनले भने–‘मेरो ती मान्छेसँग भेटघाट भएको छैन् । थर्काउनुपर्ने धम्काउनु पर्ने केही छैन । मेरो पनि कम्पनी छ । सय डेढ कर्मचारी छन् । उसको दिमागमै समस्या भएको छ । पत्रकार सम्मेलनमै वोलाउँदा पनि आएन् । तीन पटकसम्म कर्मचारीलाई वोलाउन लगाए तर आउदै आएन् । गल्ती नभएको भए आउनु पथ्र्यो नि किन आएन् ।’