
कैलाली - इलाका प्रहरी कार्यालय चिसापानीमा कार्यरत प्रहरी हवलदार नेत्रप्रसाद जैशीको निधन भएको छ । से १ ब २१६ नम्बरको मोटरसाइकलमा सवार जैशीलाई पूर्वपश्चिम राजमार्गमा ना ६ ख ७४५९ नम्बरको बसले पछाडीबाट ठक्कर घाइते भएको जैसीको उपचारका क्रममा मृत्यु भएको हो ।

उपचारका लागि लम्कीको लालरत्न अस्पतालमा पुगाइएका उनको उपचार सम्भव नभएपछि टीकापुर अस्पताल लगिएको भएपनि त्यहा पुगाउँने बितिकै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।
कार्यालयबाट नियमित जस्तै सूचना संकलनका लागि खटिएका बेला कार्य क्षेत्रमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ । ठक्कर दिने बस र चालक धनगढी उपमहानगरपालिकाका ज्यातीसिंह चौधरीलाई प्रहरीले नियन्न्त्रणमा लिएको जनाएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/22, 8:28
2020/12/13, 9:54
2022/04/01, 3:40
2023/04/28, 7:23