धनगढीमा सत्ता गठबन्धनको प्रदेश स्तरीय भेला हुदैं, प्रधानमन्त्री लगायतका शिर्ष नेताहरु सम्बोधन गर्दै
2022/10/23, 12:21

सत्ता गठबन्धनले आज सुदूरपश्चिम प्रदेशमा भेला तथा चुनावी प्रशिक्षण कार्यक्रम गर्दैछ । पूर्वनिर्धारित कार्यक्रम अनुसार गठबन्धनले आज सुदूरपश्चिमको धनगढीमा प्रशिक्षण तथा भेला आयोजना गरेको हो ।

सत्ता गठबन्धनले गत शुक्रबारदेखि प्रदेशस्तरीय भेला कार्याक्रम गर्दै आएको छ । शनिबार मात्रै मधेश प्रदेशमा प्रशिक्षण गरेको थियो । आज धनगढीमा हुने कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा लगायत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् ।
भेलालाई सम्बोधन गर्न शिर्ष नेताहरु धनगढी पुगिसकेका छन् । उनीहरु धनगढीको भेलालाई सम्बोधन गरेपछि सुर्खेत जाने कार्यक्रम रहेको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/22, 8:28
2020/12/13, 9:54
2022/04/01, 3:40
2023/04/28, 7:23