
कैलाली - कैलालीको बुढीतोलामा जीप दुर्घटनामा परेको छ । दार्चुलाबाट धनगढी तर्फ आउँदै गरेको सुपप्र ०१००१ ज १२३४ नम्बरको जीप आज बिहान ७ बजे दुर्घटनामा परेको हो ।जीप दुर्घटना हुँदा ५ जना घाईते भएको सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाका अनुसार जीपमा ७ जना सवार रहेका थिए ।

ति मध्ये ५ जना घाईते भएका हुन् ।घाईते हुनेमा दार्चुला नौगाड बस्ने ७४ बर्षिय गिता धामी गम्भीर भएकी छिन्।यस्तै १४ बर्षिय अवीशेक ठगुन्ना, ३८ बर्षिय रधुनाथ जोशी, १६बर्षिय रञ्जु ठगुन्ना, २६ बर्षिय प्रेम सिँह धामी (जीप चालक) घाईते भएका छन्। जीप सडक किनारामा उल्टो पल्टिएको छ।जीप चालकले सामान निकाल्दा चलिरहेको जिप अनियन्त्रीत भएर दुर्घटना भएको प्रहरीले बताएको छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/01/31, 12:51
2021/04/27, 5:07
2021/11/13, 9:13
2020/06/27, 9:28