दार्चुलामा भारतले फेरि तटबन्ध निर्माण गर्न थाल्यो
2022/11/02, 1:42
 
ss

दार्चुला सदरमुकामस्थित महाकाली किनारमा भारतले फेरि तटबन्ध निर्माण थालेको छ। पुरानै ठेक्कालाई निरन्तरता दिदै भारतीय पक्षले तटबन्ध निर्माणको काम थालेको हो।

तटबन्ध निर्माणबारे जिल्ला प्रशासन कार्यालय दार्चुलालाई जानकारी पनि गराइएको छ। जानकारीपछि मंगलबार सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले तटबन्धको स्थलगत अनुगमन गरेकी छिन्। महाकाली नदीको धार परिवर्तन नहुने गरी तटबन्ध निर्माण गर्न आग्रह गरिएको उनले बताइन्।

विगतमा भने भारतले नेपाली प्रशासनसँग कुनै समन्वय नगरी तटबन्ध निर्माण गर्ने गरेको थियो।