
कैलालीमा निर्वाचन सामाग्री ढुवानीको काम अन्तिम चरणमा पुगेको छ। जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेम भट्टका अनुसार निर्वाचन अधिकृतको कार्यालयसम्म सबै निर्वाचनका सामाग्री पुगेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन अधिकृतका कार्यालयहरु मतदान केन्द्रअनुसार मतपत्र मिलाउने र अर्कोतर्फ मतपेटिकादेखि छाप, स्ट्याम्प पेड र कपडालगायत सामग्री व्यवस्थापनको काम भइरहेको छ।
जिल्ला निर्वाचन कार्यालयका कर्मचारी निर्वाचन सामग्री व्यवस्थापनमा जुटेका हुन्। कर्मचारी मतपत्र व्यवस्थापनमा लागेका छन्। जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रका लागि मतपत्र पुगेको छ।

अहिले केन्द्र अनुसार मतपत्र मिलाईदैछ। प्रतिनिधिसभामा पाँच र प्रदेश सभाका १० निर्वाचन क्षेत्रका लागि कैलालीमा मंसिर ४ गते निर्वाचन हुँदैछ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/13, 1:40
2024/01/21, 1:57
2022/01/16, 12:19
2020/06/30, 12:09