सुदूरपश्चिमका यी तीनवटै निर्वाचन क्षेत्रमा रोचक प्रतिस्पर्धाः कस्लाई पर्ला चुनौती
2022/11/14, 6:11
 
ss

आसन्न मंसिर ४ गतेको निर्वाचन नजिकिदै गर्दा दलहरु बिच चुनावी प्रतिस्पर्धा बढेको छ। मुख्यत एकातिर सत्तागठबन्धन र अर्कोतिर एमाले तथा अन्य दलहरुबिच चुनावी प्रतिस्पर्धाको सरगर्मी निकै बढेको हो। यति बेला कैलाली निर्वाचन क्षेत्र नं ४, बाजुरा र दार्चुलामा भइरहेको चुनाबको प्रतिस्पर्धामा धेरैको चासोको बिषय बनेको छ।

सुदूरपश्चिमका शीर्ष नेताहरू भएकाले पनी  यी तीनवटै निर्वाचन क्षेत्र बिशेष चाँसोको रुपमा हेरिएको छ। पार्टीको पदीय जिम्मेवारीमा रहेका र पटकपटक मन्त्री समेत सुदूरपश्चिमबाट भइसकेकाहरू छन्। कैलाली ४ मा एमाले सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र कांग्रेस सभापति वीरबहादुर बलायरको रोचक प्रतिस्पर्धा हुँदैछ। तर उनीहरुमध्ये कम्तीमा तीन जना मंसिर ४ को निर्वाचन परिणामबाट प्रतिनिधि सभामा जानबाट वञ्चित हुने अवस्था आएको छ।

आफूले जित्ने र विकासे मन्त्रालयको मन्त्री हुने दाबी गरिरहेका उनीहरु दुईमध्ये एक जना यस निर्वाचनबाट रोकिँने अनुमान गरिएको छ। बाजुरामा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा एकातिर र अर्कोतिर कांग्रेस सहमहामन्त्री बद्रीप्रसाद पाण्डेको प्रतिस्पर्धा रोचक छ । दुुवै नेता आफ्नो दलभित्र प्रभावशाली भए पनि यस निर्वाचनबाट एक जना रोकिँदैछन्। धनगढीका एक जना  नागरिक अगुवा खडकराज जोशी‘ले सुदूरपश्चिममा हेभीवेट मानिएका तीन जना नेता यस चुनावबाट प्रतिनिधिसभामा जान वञ्चित हुुँने बताएका छन्। उनले कञ्चनपुरमा पनि चर्चित नेताहरू प्रतिस्पर्धामा देखीएको बताए। तर दार्चुलामा बडू र ठगुन्ना, कैलाली ४ मा भट्ट र बलायर अनि बाजुरामा थापा र पाण्डेको प्रतिस्पर्धा रोचक देखीएको उनले बताए।

यस्तै उता दार्चुलामा पनी  चुनावी रोचक प्रतिस्पर्धा भइरहेको छ। मन्त्री एवं कांग्रेस नेता दिलेन्द्रप्रसाद बडू र एमाले नेता गणेशसिंह ठगुुन्ना प्रतिस्पर्धाको मैदानमा रहेको दार्चुलामा कसले बाजी मार्ला भन्ने सहजै अनुमान गर्न नसकिने अवस्था रहेको स्थानीय मतदाताहरू बताएका छन् । तर, उनीहरूमध्ये एक जना रोकिँदैछन्। प्रतिनिधिसभातर्फ १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा प्रदेशका हेभीवेट मानिने तथा पटकपटक मन्त्रीसमेत भएका केन्द्रीय तहका नेताहरूले आफ्नो राजनीतिक भविष्यसँग जोड्ने नै भए। अहिले यहाँ त्यही अवस्था छ। यस्तै कैलाली ४ मा एमाले नेता भट्ट एमाले अध्यक्ष ओलीले निकै प्राथमिकतामा राखेका नेताका रुपमा देखिएका छन् । अर्कोतिर कांग्रेसका प्रदेश सभापति तथा वीरबहादुर बलायर कांग्रेस सभापति देउवाका निकट पात्र हुन्।

उनले डोटी छाड्नु परेपछि लेखराजसँगको प्रतिस्पर्धालाई स्वेच्छाले रोजेका हुन् । तत्कालीन नेकपा विभाजनपछि पनि एमालेमै रहेका पूर्वमाओवादी नेता भट्ट सो क्षेत्रबाट चौथो पटक चुनाव लड्न लागेका हुन् । उता बलायर पनि डोटीबाट ३ पटक चुनावमा लडिसकेका छन् । चौथो पटकको निर्वाचन लड्न उनी कैलाली झरेका हन् । यसअघि माओवादी केन्द्र रहेकै बेला भट्ट २ पटक विजयी भएका थिए भने बलायर एक पटक विजयी भएका थिए । दुुवै जना यसअघि मन्त्री भइसककेका नेता हुन् । दुुवै नेताको पूर्ख्यौली डोटी भएकाले उक्त समुदायका मतदाताको बाहुुल्यता रहेको कैलाली ४ मा कसले कति मतदाता रिझाउन सक्छन्, त्यसैमा जित निर्भर हुने आकलन गरिएको छ । रोचक प्रतिस्पर्धा भइरहेको बाजुरामा एमाले उम्मेदवार थापा यसअघि पनि पटकपटक चुनाव लड्दै आएका नेता हुन्।

थापा ०७० को संविधान सभामा जितेर मन्त्रीसमेत भएका थिए । यता, यसअघि संविधानसभामा समानुपातिक र राष्ट्रिय सभा सदस्यमा गरी दुई पटक सांसद भएका पाण्डे भने पहिलो पटक प्रत्यक्ष चुनाव उनै थापासँग लड्दैछन्। स्थानीय तहको निर्वाचनमा ९ मध्ये ६ वटा पालिकाहरूमा जीत निकालेपछि हौसिएको एमाले आफूले यो चुनाव पनि जित्नेमा विश्वस्त छ । अर्कोतिर आन्तरिक एकता र गठबन्धन दलको साथ सहयोगमा आफ्नो पार्टीका उम्मेदवारले जित निकाल्न कुनै कठिनाइ नरहेको कांग्रेस कार्यकर्ताहरूको दाबी छ । दार्चुलामा कांग्रेस उम्मेदवार बडू दार्चुलाबाटै छैटौं पटक चुनाव लड्दैछन् । बडू ०४८, ०५१, ०५६, ०६४ र ०७० का चुनावी उम्मेदवार हुन् । उनले तीन पटक हार र दुई पटक जीत निकालेका छन् । उनै बडू तेस्रो पटक एमालेका ठगुन्नासँग आमनेसामन भएका छन् । ठगुुन्ना चौथो पटक चुनाव लड्न लागेका हुन् ।त्यसकारण आसन्न मंसिर ४ गतेको निर्वाचन नजिकिदै गर्दा दलहरु बिच चुनावी प्रतिस्पर्धा बढेको छ । यद्धपी चुनावी प्रतिस्पर्धा रोचक देखीएकोले मंसिर ४ को निर्वाचनलाई पर्खिनुपर्ने औल्याइएको छ ।