कैलालीमा गठबन्धनका उमेदवारको गाडीमाथी तोडफोड
2022/11/14, 6:15
 
ss

कैलालीमा सत्तारुढ–गठबन्धनका उमेदवारको गाडीमाथी तोडफोड गरिएको छ । सत्तारुढ–गठबन्धनका उमेदवारको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडीमा तोडफोड भएको हो।

कैलाली निर्वाचन क्षेत्र नम्बर–३ प्रदेशसभा क्षेत्र ‘ख’ सत्तारुढ–गठबन्धनका उमेदवार अमर बहादुर साउँदको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडीमा अज्ञात समूहले तोडफोड गरेको छ। आइतबार घरदैलोका क्रममा वडा नम्बर ५ को भगड्डीम गाउँमा रोकी राखेको गाडीमाथि तोडफोड भएको हो ।

तोडफोडबाट से १ च १५९० नम्बरको गाडीको पछाडिको भागको सिसा फुटेको छ। आइतबार राति ८ बजे चुनावी प्रचारमा गाउँमा गएका बेला रोकी राखेको गाडीमा कसले तोडफोड गरेको हो भन्ने पचिहान हुन सकेको छैन । गाडी तोडफोड गर्ने व्यक्तिको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ ।