डडेल्धुरा मतदान केन्द्रमा सुरक्षाकर्मी र कर्मचारी खटाइदै
2022/11/15, 10:50
 
ss

डडेल्धुरामा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि तयारी तीव्र पारिएको छ। एउटा मात्रै निर्वाचन क्षेत्र रहेको जिल्लाका लागि मतपत्रलगायत निर्वाचन सामग्री पुगिसकेको र मतदान केन्द्रअनुसार मतपत्र मिलाउने, मतपेटिका, छाप, स्ट्याम्प प्याड, कपडालगायत सामग्री व्यवस्थापनको काम भइरहेको छ ।

जिल्ला निर्वाचन अधिकारी करुणाकर अवस्थीका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका १०१ मतदानस्थलका १३९ मतदान केन्द्रमा खटिने कर्मचारी छनोट गरिसकेको छ । निर्वाचनमा खटाउनका लागि डडेल्धुरामा एक हजार १०५ कर्मचारी छनोट गरिएको हो । मुख्य निर्वाचन अधिकृत बालकृण वाग्लेका अनुसार प्रत्येक मतदान केन्द्रका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगी खटाइएको जानकारी दिए ।

मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम पनि प्रदान गरिसकेको बताउदै निर्वाचन अधिकारी अवस्थीले उनले भने, ‘१ गतेभित्रै सुरक्षाकर्मी र कर्मचारी मतदान केन्द्रमा खटाउने तयारी छ ।’ १ गते राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएकाले त्यसअघि नै कर्मचारी र सुरक्षाकर्मीलाई मतदान केन्द्रमा पुगाउने तयारी भइरहेको अवस्थीले बताए ।

डडेल्धुरामा प्रतिनिधिसभातर्फ प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासति ८ जना र दुई वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा १२ जना चुनावी मैदानमा छन् । उम्मेदवारले १ गतेसम्म मात्रै प्रचार गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।