आसन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि तीन दिन सीमा नाका बन्द हुने भएको छ। कैलालीस्थित त्रिनगर नाका, टिकापुरको खक्रौला र कञ्चनपुरको गड्डाचौकी सीमानाका तीन दिन बन्द हुने भएको हो।
नेपाल(भारत सीमा नाका आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि यही मंसिर १ गते राति १२ बजेदेखि ४ गते राति १२ बजेसम्मका लागि सीमा नाका बन्द हुने छ।
जिल्ला प्रशासन कार्यालय कैलाली र कञ्चनपुरले एक सूचना जारी गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सीमानाका बन्द गरेको जनाइएको छ।
2024/11/26, 6:20
2024/11/26, 5:04
2024/11/26, 4:43
2024/11/26, 4:40
2024/11/26, 4:30
2024/11/26, 6:20
2024/11/26, 5:04
2024/11/26, 4:43
2024/11/26, 4:40
2024/11/26, 4:30
2021/07/22, 5:04
2022/04/14, 2:04
2020/05/17, 11:35
2020/09/16, 7:54
2023/06/18, 5:56