
दुईवटा निर्वाचन क्षेत्र रहेको अछाममा सबै मतदान केन्द्रका मतपेटिका मतगणनास्थलमा पुर्याइएको छ । यहाँका दश स्थानीय तहमा रहेका १ सय ३० मतदानस्थलका २ सय ८ मतदान केन्द्रका सबै मतपेटिका संकलन भइसकेका छन् ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत दीपेश रिजालका अनुसार निर्वाचन क्षेत्र नम्बर १ का मतपेटिकाहरू साँफेबगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा र क्षेत्र नम्बर २ का मतपेटिका सदरमुकाम मंगलसेनस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार बिहान ४ बजेसम्म सबै मतपेटिका पुगेको रिजालले बताए ।
ुअहिले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले मतपेटिका बुझ्ने काम भइरहेको छ । त्यसपछि सर्वदलीय बैठक बोलाएर दिउँसो १र२ बजेतिर मतगणना सुरु हुने सम्भावना छ‚ु उनले भने ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/13, 1:40
2024/01/21, 1:57
2022/01/16, 12:19
2020/06/30, 12:09