
सुदूरपश्चिमको १ जिल्ला बाहेक सबै ठाउँमा मतगणना सुरु भएको छ। कैलाली –१ मा नागरिक उन्मुक्ति पार्टी अगाडि रहेको छ। यस्तै कैलाली–२मा पनि उन्मुक्तिनै अगाडि रहेको छ। कैलाली– ३ नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी भइसकेका छन्। कैलाली–४ मा नेकपा एमाले छ भने कैलाली–५ मा पनि एमाले अगाडि रहेको छ।

कञ्चनपुर–१ मा नेकपा एमाले, कञ्चनपुर २ र ३ मा नेपाली कांग्रेस अगाडि रहेको बताइएको छ। यस्तै डडेल्धुरामा पनि नेपाली कांग्रेस अगाडि रहेको छ। अछाम–१ नेकपा एकीकृत समाजवादी र अछाम–२ नेपाली कांग्रेस अगाडि देखिएको छ।
डोटी प्रतिनिधि सभामा एकीकृत समाजवादी अगाडि छ। यस्तै अहिलेसम्मको मतपरिणाम हेर्दा बैतडीमा नेकपा एमाले र दार्चुलामा नेपाली कांग्रेस अग्र स्थानमा रहेको छ। यस्तै बझाङमा नेकपा एकीकृत समाजवादी अगाडि छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/21, 7:59
2020/12/11, 6:05
2022/03/29, 2:36
2023/04/25, 10:20