
डोटीको प्रदेशसभा २ मा नेकपा माओवादी केन्द्रका शिव सिं ओली विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार टेक सिं बमलाई ९ सय १९ मतान्तरले पराजित गरेका हुन् ।

ओलीले १४ हजार ४७ मत ल्याएका थिए भने नेकपा एमालेका उम्मेदवार टेक बमले १३ हजार १ सय २८ मत प्राप्त गरेका छन् । ओली नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक हुन् ।
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टका मुख्य स्वकीय सचिव रहेका ओलीले अन्तिम चरणमा भट्टलाई हटाउँदै लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारका रुपमा उठेका थिए ।

उनीमाथि अन्तिममा आएर मुख्यमन्त्री त्रिलोचन भट्टको टिकट खोसेको आरोप लगेको थियो ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/21, 7:59
2020/12/11, 6:05
2022/03/29, 2:36
2023/04/25, 10:20