मङ्सिर २२ गतेदेखि सुरु हुने सुदूरपश्चिम महोत्सवको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने भएका छन् ।
आइतबार कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कुँवरको नेतृत्वको टोलीले प्रधानमन्त्री देउवालाई भेटेरै महोत्सवको उद्घाटनका लागि निम्तो दिएको छ । प्रधानमन्त्री देउवाले पनि उद्योग वाणिज्य सङ्घ कैलालीको निम्तोलाई स्वीकार गरेको अध्यक्ष कुँवरले जानकारी दिए ।
यससँगै सङ्घको टोलीले डडेलधुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकोमा प्रधानमन्त्री देउवालाई बधाई समेत दिएको छ ।निमन्त्रणा कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझा र संघका कोषाध्यक्ष अबु ओझाको पनि सहभागिता रहेको थियो ।
सुदूरपश्चिम महोत्सवको १६ औँ संस्करण यही मङ्सिर २२ गतेदेखि पुस २ गतेसम्म धनगढीको पशुपति टोलमा आयोजना हुँदैछ ।
2024/05/06, 5:50
2024/05/06, 3:41
2024/05/06, 3:39
2024/05/06, 3:36
2024/05/06, 3:32
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/06/07, 8:13
2020/10/10, 10:49
2023/12/24, 11:39
2021/04/09, 9:52