सुदूरपश्चिममा समाजवादी पार्टी नागरिक उन्मुक्ति र राप्रपा भन्दा ५७ हजार मतले पछाडि
2022/11/30, 4:21
 
dd

सुदूरपश्चिम प्रदेशमा समानुपातिक तर्फको ८ लाख ३८ हजार बढि मतको गणना सकिएको छ । बाजुरा बाहेकका प्रदेशका ८ जिल्लाका १५ निर्वाचन क्षेत्रमा ८ लाख ३८ हजार ८८४ मतको गणना सकिएको निर्वाचन आयोगले जनाएको छ ।

अहिलेसम्मको मतपरिणामअनुसार समानुपातिकमा नेकपा एमालेले दुई लाख ४८ हजार ८४० मत प्राप्त गर्दै पहिलो स्थान कायम गरेको छ भने नेपाली कांग्रेस दोस्रोमा छ । कांग्रेसले दुई लाख ४३ हजार २९ मत प्राप्त गरेको छ ।

तेस्रो स्थानमा देखिएको नेकपा माओवादी केन्द्रले एक लाख १८ हजार ९०३, नागरिक उन्मुक्ति पार्टीले ९८ हजार ५५४ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४३ हजार ८०८ मत पाएको छ । एमालेबाट फुटेर गठन भएको नेकपा ९एकीकृत समाजवादी० पार्टीले भने ४१ हजार ८३९ मत मात्र प्राप्त गरेको छ ।

नेपाली कांग्रेस बीपीले ६ हजार ९५० मत पाउँदा राष्ट्रिय जनमोर्चाले ४ हजार ४९० मत प्राप्त गरेको छ । प्रदेश निर्वाचन कार्यालय धनगढीले समानुपातिकतर्फ प्रदेशभर कुल के–कति मत खसेको हो रु भन्ने यकिन जानकारी नभएको जनाएको छ । यद्यपी केही बाहेक अधिकांश क्षेत्रमा गणना सकिएको बताइएको छ ।