रानी–जमरा सिँचाईको काम नगर्ने एक कम्पनी कालोसूचीमा
2022/11/30, 4:22
 
dd

राष्ट्रिय गौरवको आयोजना रानी–जमरा–कुलरिया सिँचाई आयोजनाको काम नगर्ने एक निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको छ। पूर्वी कैलालीको उक्त आयोजना निर्माणमा सम्झौता अनुसार काम नगरेपछि सरकारले हाइग्रेभ सिद्धी शाही प्रकाश जेभीलाई कालोसूचीमा राखेको हो। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सरकारी नियमानुसार काम नगर्ने व्यवसायी तथा आपूर्तिकर्तालाई २ वर्षसम्मका लागि कालोसूचीमा राखेको जनाएको छ।

रानी जमरा कुलरिया सिँचाई आयोजना निर्माणका लागि ठेक्का लिएको हाइग्रेभ सिद्धी शाही प्रकाश जेभीले सम्झतौअनुसार काम नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई वर्षका लागि कालोसूचीमा राख्ने निर्णय गर्दै बुधवार सार्वजनिक सूचना प्रकाशन गरेको छ। 

देपेन्द्रबहादुर शाही र नरेन्द्र प्रधान सञ्चालक रहेको सो निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको हो। कालोसूचीमा राखिएको कम्पनीले दुई वर्षसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैन्।