सुदुरपश्चिममा अघिल्लो पटक प्रदेश सभा सदस्य बनेकाको संसद यात्राः कसको अघि बढ्यो, कसको रोकियो ?
2022/11/30, 4:52
 
ss

सुदुरपश्चिम प्रदेश सभा सदस्य बनेर एक चोटी कार्यकाल खाइसकेका साँसदहरु यस पटकको निर्वाचनमा पुनः दोहोरिन चाहेका थिए। सुदुरपश्चिम प्रदेश सभामा अघिल्लो पटक प्रदेश सभा सदस्य बनेका उनीहरुले यसपटकको निर्वाचनमा कसैले फेरी प्रदेश सभा सदस्य बन्नका लागी उम्मेदवारी दिए त कसैले प्रतिनिधी सभा सदस्य बन्नका लागी। अघिल्लो पटक प्रदेश सभा सदस्य बनेर यस पटक उम्मेदवार दिएका मध्ये १० जना पराजित भएका छन्।

४ जना पुनः निर्वाचित भएका छन्। तर निर्वाचनको अन्तीम मतपरिणाम उनीहरुले स्वीकार्नुपर्छ। त्यसकारण यसपटकको निर्वाचनको नतिजाले कसैको ५ बर्षका लागी संसद यात्रा अघि बढायो भने कसैको संसद यात्रामा पुर्ण बिराम लगाइदिएको छ। तर उम्मेदवार दिएकाहरुको अघिकाँस संसद यात्रा रोकिएको छ। थोरैले आगामी संसद यात्रा अगाडी बढाएका छन्। यतिबेला सुदूरपश्चिम प्रदेश सभाका ३२ क्षेत्रमध्ये ३० क्षेत्रको प्रत्यक्ष तर्फको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। बाजुराको मत गणना अझै अनिश्चित भएकाले २ को प्रत्यक्ष तर्फको मतपरिणाम आउँन बाँकी छ।

मतपरिणाम अनुसार कांग्रेसले प्रत्यक्ष तर्फ ११ स्थानमा विजयी भएको छ । माओवादी केन्द्र ८ क्षेत्रमा विजयी हुँदा नागरिक उन्मुक्ति पार्टीले ५ क्षेत्रमा हित हात परेको छ । एमालेका ३ जना, नेकपा एकीकृत समाजवादीका २ जना र स्वतन्त्र एक जना उम्मेदवार प्रदेश सभामा विजयी भएका छन्। यी ३० जना मध्ये अघिल्लो पटक पनि जितेकाहरूको संख्या ६ जना मात्रै छ । ती बाहेक अघिल्लो पटक प्रदेश सभामा विजयी भएका तारा लामा तामाङ र डिल्लीराज पन्त यस पटक प्रतिनिधि सभामा विजयी भएका छन् । तामाङ एमाले र पन्त काङ्ग्रेसबाट प्रतिनिधि सभामा निर्वाचित भए। अघिल्लो पटक प्रदेश सभामा विजयी भएर अहिले प्रतिनिधि सभामा टिकट पाएका झपट बोहरा अछाम १ बाट पराजित भए।

अघिल्लो पटक प्रदेश सभामा विजयी भएका प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामी र अक्कल रावल यस पटक पनि विजयी भए । नेकपा एकीकृत समाजवादीका सोडारी कैलालीबाट प्रदेश सभामा सोही पार्टीका रावल कञ्चनपुरबाट विजयी भए । माओवादीका धामी दार्चुलाबाट र रावल अछामबाट प्रदेश सभामा विजयी भए । अघिल्लो पटक निर्वाचित भएका ६ जना पुन निर्वाचित हुँदा अघिल्लो पटक निर्वाचित भएका नौ जना यस पटक भने पराजित भए।

यसरी पराजित हुनेमा सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री डा।रणबहादुर रावल, सामाजिक विकास मन्त्री गोविन्दराज बोहरा ,पूर्व सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्व अर्थ राज्य मन्त्री अमरबहादुर साउद र एमालेका प्रमुख सचेतक लिलाधर भट्ट र विधायन तथा प्रदेश मामिला समितिका सभापति नेपालु चौधरी र नन्दबहादुर साउद, रतन थापा र कृष्ण चौधरी छन् । कांग्रेसका रणबहादुर रावल नेकपा एसका अमर साउद, माओवादी केन्द्रका नन्दबहादुर साउद र एमालेका नेपालु चौधरी कैलालीबाट पराजित भएका हुन् । नेकपा एकीकृत समाजवादीका लालबहादुर खड्का कञ्चनपुर र एमालेका लिलाधर भट्ट बैतडीबाट प्रदेश सभामा पराजित भएका हुन् । काङ्ग्रेसकै गोविन्द बोहरा डडेल्धुराबाट पराजित भए । लोसपाका कृष्ण चौधरी र नागरिक उन्मुक्तिका रतन थापा पनि कैलालीबाट पराजित भएका हुन् ।