
धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा बालिकाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–५ स्थित हसनपुर पिपल चौतारा सडक खण्डमा बिहीबार बिहान कालिका कन्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिँदा १५ वर्षीया चेतना साउदको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले पञ्चोदय माध्यमिक विद्यालय हसनपुरमा ८ कक्षामा अध्ययनरत बालिका साउदको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।

उनकाअनुसार बालिका साइकलमा स्कुल जाँदै गर्दा सडकको लेबल मिलाउँदै गरेको अवस्थामा ब्याक गर्ने क्रममा ठक्कर दिएको थियो । ग्रेडर चालक चितवनको भरतपुर महानगरपालिका–२८ का २७ वर्षीय बिमल कुमाल र ग्रेडर प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विरोधमा स्थानीयले प्रदर्शन गरिरहेका छन् ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:54
2020/11/27, 1:02
2021/03/10, 7:42
2021/10/07, 3:44
2023/09/17, 7:27