
धनगढीमा ग्रेडरको ठक्करबाट १५ वर्षीया चेतना साउदको मृत्यु भएपछि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा शनिबार बिहान ४ बजेपछि हट्ने भएको छ। भोलि बिहान ४ बजेपछि मात्रै निषेधाज्ञा हट्ने आदेश जारी गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए।

बैतडीको डिलासैनी गाउँपालिका–६ की बालिका साउदको बिहीबार धनगढी उपमहानगरपालिका–५ मा कालिका कन्सट्रक्सनको ग्रेडरले ठक्कर दिदा मृत्यु भएको थियो। उनको मृत्युपछि न्याय माग्दै स्थानीय र विद्यार्थीले आन्दोलन गरेपछि बिहीबार साँझ ७ देखि लागु हुने गरी स्थानीय प्रशासनले घटनास्थल आसपासको क्षेत्रमा निषेधाज्ञा लागु गरेको थियो।
निषेधाज्ञाकाबीच पनि शुक्रबार बिहानैदेखि स्थानीय र विद्यार्थीले विरोध प्रर्दशन गरेका थिए।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/29, 5:44
2022/06/24, 6:04
2023/05/31, 2:44
2020/06/06, 8:55
2020/10/08, 1:24