
दार्चुलाको नेपाल–भारत जोड्ने महाकाली नदीमाथिको अन्तर्राष्ट्रिय सीमा पुल फेरि बन्द भएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीका अनुसार आइतबार भएको दोहोरो ढुंगामुढाको विषयलाई लिएर आज बिहानैदेखि भारतीय पक्षले सीमा पुल बन्द गरेका हुन्।

उनले भारतीय व्यापारी र नागरिक मिलेर सीमा पुल बन्द गरेको बताए। महाकाली नदीमा भारतले एकतर्फी ढंगले तटबन्ध निर्माण गरिरहेको भन्दै नेपाली नागरिकहरुले आइतबार विरोध गर्दै पुल बन्द गराएका थिए। हिजो बन्द गरिएको पुल खुलेपनि आज भारतीय पक्षले बन्द गराएको हो। पुल खुलाउनका लागि जिल्ला प्रशासन कार्यालयले आवश्यक समन्वय गरिरहेको बताइएको छ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/29, 5:44
2022/06/24, 6:04
2023/05/31, 2:44
2020/06/06, 8:55
2020/10/08, 1:24