
कैलाली – कैलालीमा एक जना बालिकामाथि सामूहिक बलात्कार भएको छ। मंसिर १८ गते कैलालीको गोदावरी नगरपालिकाकी १३ वर्षीया बालिकामाथि गोदावरी ९ को सेहरी जंगलमा सामूहिक बलात्कार भएको प्रहरीले बताएको छ।
बलात्कारको आरोपमा सोही ठाउँका १९ वर्षीय बिनोद खत्री र २४ वर्षीय नविन चौधरी पक्राउ परेका छन्।मंगलबार उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक रविन्द्रराज पाण्डेले बताए। बालिकाको स्वास्थ्य परिक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको छ। आरोपितलाई ईलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा राखिएको प्रहरीले बताएको छ।


2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/29, 5:44
2022/06/24, 6:04
2023/05/31, 2:44
2020/06/06, 8:55
2020/10/08, 1:24