धनगढीस्थित निर्सग हस्पीटल एण्ड रिसर्च सेन्टरले फिजियोथेरापी सेवा सुरु गरेको छ। अस्पतालले शुक्रबार एक कार्यक्रमकाबीच उक्त डिपार्टमेन्ट सुरु गरेको हो। हस्पीटलका अध्यक्ष तिर्थराज पन्तले उद्घाटन गरेका हुन्।
सुदूरपश्चिममै पहिलो पटक अस्पतालहरु मध्ये निर्सगले उक्त सेवा अत्याधुनिक रुपमा सुरु गरेको अध्यक्ष पन्तले बताए। हाडजोर्नी तथा नसा रोगको उपचार, गर्दन दुखेको, ढाडको पुरानो तथा नयाँ दुखाईको उपचार सुरु गरिएको डाक्टर नबिन ढुङगानाले बताए।
उनका अनुसार अस्पतालमा न्युरोलोजिकल समस्या, बालबालिकामा देखा पर्ने अटिजम, डाउनसिन्डम, मांसपेसीको कमजोरी आदिको पनि उपचार गरीने भएको छ। अस्पतालमा मेडिकल डाइरेक्टर मेराज अलाम अन्सारीका अनुसार यो फिजियोथेरापी सेवा संञ्चालनमा आएपछि सुदूरपश्चिममै हाडजोर्नी सम्बन्धी सम्पूर्ण उपचार संम्भव हुने भएको छ।
सो समस्याहरुका कारण अन्यत्र जानु पर्ने बाध्यता हट्ने उनले बताए।