
बैतडीको पाटन १० मा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गए राती १० बजे पाटन १० डैसीली भन्ने स्थानमा से १ ज ८१६ नं को जीप दुर्घटना भएको हो।

दुर्घटनामा जीपका चालक डडेल्धुराका नवदुर्गा गाउँपालिका ५ उकल्लीका ३६ वर्षीय तेजबहादुर साउदको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।
जीप सडकबाट करिब एक सय मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/29, 5:44
2022/06/24, 6:04
2023/05/31, 2:44
2020/06/06, 8:55
2020/10/08, 1:24