सुदूरपश्चिम प्रदेशमा भुवा पर्वको रौनकता (भिडियो रिर्पोट)
2022/12/25, 4:25
 
dd

सिर्जना ओझा- सुदूरपश्चिम प्रदेशको मौलक पर्वका रुपमा रहेको भुवा पर्वको रौनकता रहेको छ । विशेष गरी पहाडी जिल्लाहरुका साथै पछिल्ल्लो समयमा पहाडी जिल्लाबाट बसाई सरी कैलाली कञ्चनपुर आउनेको संख्या बढेसँगै सबै जिल्लाहरुमा भुवा पर्व मनाउने गरिएको छ । भुवा पर्व प्रत्येक वर्ष पुसे औँसीको अघिल्लो दिनदेखि सुरू हुन्छ । द्वापरयुगमा पाण्डव र कौरवबीचको लडाइँ सकिएपछि पाण्डवको विजयसँगै खुसियाली मनाएको दिनलाई स्मरण गर्दै विभिन्न स्थानमा भुवो खेल्ने गरिन्छ । 

भुवा पर्व हरेक वर्ष पुस औंसीदेखि पुर्णिमासम्म मनाइने पर्व हो । भुवा पर्वको आकर्षण भनेको भुवा नाच हो । भुवा पर्वमा खेलिने भुवा नाचमा पुरुषहरूले हातमा ढाल र तरबार लिएर बाजाको साथमा तरबार घुमाउदै नाच्ने गर्दछन् । भुवा पर्वमा खेलिने भुवा नाचको सुरुवात ५ हजार वर्ष अगाडी भएको मान्यता छ । महाभारत युद्धमा पाण्डव पक्षको विजयोत्सवका रुपमा भुवा नाच देखाउन थालिएको जनविश्वास गरिदै आईएको धनगढीका अर्जुन बुढाको भनाई छ । 

भुवा पर्व र भुवा नाचलाई व्यक्तीमा वीरता र पराक्रम जगाउने अवसरको रुपमा लिने गरिएको छ । वीरता, पराक्रम र भाइचाराको सम्बन्ध विकास र विस्तार गर्न भुवा पर्व मनाईने गरिएको धनगढीका कुलवहादुर हमालले बताए ।  यो पर्वमा महाभारतका पाण्डव र कौरवको युद्धका बेला पाण्डवको सङ्घर्ष, जङ्गलमा बास बसेको समय, विकासमा खेलेको भूमिकालाई लिएर भुवाका माध्यमले गीत गाउने चलन पनि रहेको छ ।