रक संगीतमा संघर्षरत गायक धनगढीका चेतनको खोई बोलको गीत सार्वजनिक (भिडियो सहित)
2023/01/01, 11:45
 
ss

रक संगीतमा संघर्षरत गायक धनगढीका चेतन शाही ठकुरीको खोई बोलको गीत सार्वजनिक भएको छ । अंग्रेजी नयाँ बर्ष २०२३ को अवसर पारेर रक म्युजिकमा स्ट्रगलिङ आरटिष्ट चेतनको नयाँ गीत सार्वजनिक गरिएको हो ।

3

चेतनको रचना संगीत र स्वर रहेको रक शैलीको गीतको म्युजिक भिडियोलाई सिएसटी भोकल्स नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । गायक चेतनकै बुबा गोपाल शाही र बिष्ना शाहीले निर्माण गरेको म्युजिक भिडियोलाई बिशाल नेपालीले निर्देशन गरेका छन् । गीतको म्युजिक भिडियो पुरै आफ्नै सेट लगाएर छायाँकन गरिएको छ । ब्रोकन एग्स स्टुडियोले अडियो भिडियो निर्माण गरेको हो ।

4

गीतमा बरिष्ठ गितारिष्ट शरद श्रेष्ठले गीतार, जेसन अवालेले ड्रममा साथ दिएका छन् । प्रदीप वडु व्यवस्थापक रहेको गीतको मिडिया संयोजक दिनेश भण्डारी रहेका छन् । युवा माझ निकै लोकप्रिय रहेको रक शैलीको खोई बोलको गीत स्रोता र दर्शकले रुचाउनेमा गायक चेतन शाही ठकुरी आशावादी रहेका छन् ।

11

उनले यसअघि पनि आधा दर्शन बढी गीतहरु बजारमा ल्याईसकेका छन् भने उनका नयाँ गीतहरु पनि बजारमा आउने तयारीमा रहेका छन् ।