धनगढीमा गुरुजी लेडिज बुटिक सञ्चालनमा आयो
2023/01/01, 1:19
 
dd

धनगढीमा गुरुजी लेडिज बुटिक सञ्चालनमा आएको छ । महिलाका सम्पूर्ण कपडा सहित धनगढी मेनरोड स्थित माछापुच्छ्रे बैकं रहेको घरमा बुटिक सञ्चालनमा आएको हो । फेसन डिजाइनर सहित राखेर बुटिक सञ्चालन गरेका सतिस जोशीले सुदूरपश्चिममै पहिलो पटक आफूले प्रयास गरेको बताए  ।

बुटिकका सञ्चालक समेत रहेका जोशीले प्रदेशको राजधानी रहेको धनगढीमा यस्तो किसिमको आधुनिक बुटिक आवश्यक भएकै कारण आफूले सञ्चालन गर्ने प्रयास गरेको बताए । गुरुजी बुटिकले मुल्य, गुणस्तर र समयलाई अरु भन्दा फरक किसिमले राखेको उनले बताए । बुटिकमा लेडिजहरुलाई चाहिने अफिसियल, बिहे, पार्टी, बर्तबन्ध, बर्थडे, एनिभर्सरी लगायत सबै किसिमको समान उपलब्ध छ ।

बुटिकको उद्घाटन एक कार्यक्रमका बिच कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले गरेका हुन् । उद्घाटन गर्दै कुँवरले व्यवसाय सफलताको शुभकामना दिए । यस्तो आर्थिक मन्दीका बेला र बैकंहरुले ऋण समेत नदिइरहेको अवस्थामा आधुनिक किसिमको गुरुजी लेडिज बुटिक सञ्चालन गर्न सफल भएको भन्दै सञ्चालक सतिस जोशीको प्रशंसा गरे । धनगढीका लागी मात्रै नभएर यो बुटिक सुदूरपश्चिम प्रदेशकै लागी अति आवश्यक रहेको भन्दै उनले सबैको रोजाइमा बुटिक पर्ने विश्वास व्यक्त गरे ।