डोटीमा राष्ट्रिय स्तरको खुला पुरुष भलिबल प्रतियोगिता हुने
2023/01/01, 7:01
 
ss

डोटीमा राष्ट्रिय स्तरको खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । डोटीको शिखर नगरपालिका १० बानेडुग्रीसैनमा गहनान सामुदायिक युवा क्लबको आयोजनामा राष्ट्रिय स्तरको खुल्ला पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हो । प्रतियोगिता पौष २६ गतेदेखि ३० गतेसम्म बानेडुग्रीसैनस्थीत सिद्देश्वर माध्यमिक विद्यालयमा हुनेछ ।

प्रतियोगितामा सहभागीताका लागी पौष १८ गते देखी २५ गते बेलुकी ५ बजेसम्म टिम दर्ता गर्न सकिने क्लबका अध्यक्ष योगेन्द्र रावतले जानकारी दिएका छन् । टिम दर्ता शुल्क ३ हजार ५०० रुपैयाँ तोकिएको छ । प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ३१ हजार १११ रुपैयाँ नगद, ट्रर्फी , मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यसै गरी द्धितिय पुरस्कार ५५हजार ५५५ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ ।

तृतीय पुरस्कार ३३ हजार ३३३ रुपैयाँ नगद , ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । टिम दर्ताका लागी क्लबका अध्यक्ष योगेन्द्र रावतको फोन नम्बर ९८४००४६४१५ तथा राजेश ठगुन्नाको फोन नम्बर ९८४९७०४४९३ मा पनि सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ । क्लबले पर्यटकीय तथा धार्मिक तीर्थस्थल गहनानमा माघेसंक्रान्ती मेलाको अवसर पारी हरेक वर्ष भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।