सेती प्रादेशिक अस्पतालमा जडान गरिएको सिटि स्क्यान मेशिन उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज एक कार्यक्रमका बिच औपचारिक उद्घाटन गरेका छन् । केही दिन अघीबाट मात्रै सञ्चालनमा आएको मेशिनको आज उद्घाटन गरिएको हो ।
उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेश सरकार आएपछि सेती अस्पताल लगायत अन्य अस्पतालमा थुप्रै लगानी भएको बताए । सेती अस्पतालमा प्रदेश सरकार बन्नुअघी गुणस्तरिय एक्सरे मेशिन समेत नभएको अवस्थामा प्रदेश सरकार आएपछिनै यत्रो उपलब्धी भएको उनले बताए । प्रदेश सरकारकै बजेटमा सिटि स्क्यान मेशिन जडान भएको बताउँदै भट्टले प्रदेश सरकारकै बजेटमा आइसियु, भेन्टिलेटर लगायतका ठुलठुला उपकरण आएको दावी गरे ।
प्रदेश सरकारकै लगानीमा अब एमआर आई मेशिन समेत आउन लागेको भट्टले बताए । उपकरण थप्ने बिषयमा सरकार जहिले तयार रहेको बताउँदै भट्टले जनतालाई सेवा दिने बिषयमा गम्भिरताका साथ सेवा दिन चिकित्सकलाई आग्रह गरे । चिकित्सकलाई भगवान सोचेर बिरामी सरकारी अस्पतालमा पुग्ने गरेको भन्दै उनले यो बिश्वास भविश्यमापनि कायम राख्न आग्रह गरे ।
७ करोड बढी लागतमा अस्पतालले सिटि स्क्यान मेसिन खरिद गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। होराज पाण्डेले बताए । दक्ष जनशक्ती अभावका कारण खरिद भएको लामो समयसम्म सञ्चालन नभएको मेसिन मंगलबारबाट सञ्चालनमा आएको उनले बताए । यस मेशिनले बाहिरको भन्दा आधा मुल्यमा सिटि स्क्यान सेवा दिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हेमराज पाण्डेले बताए ।
कार्यक्रममा बोल्दै अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष निर्मल शाहले पछिल्लो समय अस्पतालमा बिभिन्न ठुला उपकरण थपिने काम भइरहेको बताए । प्रदेश सरकारकै सक्रियताका कारण उपकरण थपिएको उनले बताए । केही दिनभित्रै एम आरआई मेशिन आउने र अस्पतालले थप सेवा दिने उनले बताए ।
सेती प्रादेशिक अस्पतालमै डायलायसिस प्रशिक्षण समेत शुरु गर्ने तयारी प्रशासनले गरेको छ । उनले सबै भन्दा महत्वपुर्ण काम नर्सिङ कार्यक्रम शुरु गरी सेती प्रादेशिक अस्पतालले यहाँका स्वास्थ्य बिषय पढ्न चाहाने बिद्यार्थीहरुलाई शुलभ दरमा पठन पाठन समेत शुरु गर्ने तयारी गरेको बताए ।