सुदूरपश्चिममा कांग्रेसले अझै छान्न सकेन संसदीय दलको नेता, अहिलेसम्म कुन दलको नेतामा को ?
2023/01/02, 12:22
 
ss

सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न ढिलाई गरेको छ। १९ जना प्रदेश सभा सदस्य रहेको कांग्रेसमा दलको नेताकालागि आधादर्जन बढी आकांक्षी रहेपनी संसदीय दलको नेता छान्न नसकेको हो। नेपाली कांग्रेसमा भने दलको नेता छनोट गर्ने विषय अनिश्चित बनेको छ।

प्रदेश समितिले निर्वाचन मण्डल तयार गरेर त्यसैले दलको नेता छनोटको प्रक्रिया अघि बढाउने कांग्रेसको तयारी छ। अहिलेसम्म प्रदेश समितिमा यस विषयमा छलफल सुरु भएको छैन। संसदीय दलका विषयमा छलफल सुरु नभएको हुँदा दलको नेता छनोट गर्न अझै एक साता लाग्न सक्ने कांग्रेस प्रदेश महामन्त्री तथा प्रदेश सभा सदस्य मेघराज खड्काले बताए। उनले दलको नेता चयनमा कुनै बिवाद वा समस्या नरहेको बताउँदै केही साथीहरु प्रदेश बाहिर रहेकोले ढिलाई भएको बताए। उनले अबको ४र५ दिन वा एक हप्तासम्म लाग्नसक्छ, उनले भने ।

यस्तै, नेकपा एमाले, नेकपा एकिकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले संसदीय दलको नेता चयन गरिसकेका छन्। नेकपा एकिकृत समाजवादी पार्टीले शुक्रबार नै सुदूरपश्चिम प्रदेश संसदिय दलको नेता चयन गरेको छ। धनगढी स्थीत प्रदेश पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले दीर्घ सोडारीलाई दलको नेता चयन गरेको हो। यस्तै दलको उपनेतामा प्रकाश रावल र प्रमुख सचेतकमा नरेश शाही चयन भएका छन्। शुक्रबार नै प्रदेश सभा सदस्य माया पन्तलाई सचेतकमा चयन गरिएको छ। प्रदेश सभामा नेकपा एकीकृत समाजवादीका चार जना सदस्य रहेका छन्। सोडारी प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री छन् भने रावल आर्थिक मामिला मन्त्री छन्। यस्तै नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा राजेन्द्र रावल चयन भएका छन्।

शनिवार एमाले केन्द्रिय सचीव तथा प्रदेश इन्चार्ज लेखराज भट्टको प्रमुख आथित्यतामा बसेको बैठकले नेता रावललाई सर्वसम्मत दलको नेतामा चयन गरेको हो। त्यस्तै दलको उप–नेतामा सन्तोष शर्मा ९छाया० चयन भएकी छन्। नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेश सभामा १० जना प्रदेश सभा सदस्य छन। १० जना प्रदेश सभा सदस्यको बैठकबाट दलको नेता र उपनेता चयन गरिएको एमाले प्रदेश सचिव तथा प्रदेश सभा सदस्य धर्मराज पाठकले बताएका छन्। नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलको नेता चयन गरेको छ। पार्टीले सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलको नेतामा रामेश्वर चौधरीलाई छनोट गरेका छन्। रामेश्वर कैलाली क्षेत्र नम्बर २ को ९२० बाट निर्वाचित प्रदेश सभा सदस्य हुन्। यस्तै, प्रमुख सचेतकमा लक्ष्मण किशोर चौधरी र सचेतकमा घनश्याम चौधरी चयन भएका छन्।

टीकापुर घटनाको मुद्दामा जेल जीवन बिताइरहेका रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा समानुपातिकसहित ७ सिट जितेको छ। यस्तै आज आईतबार नेकपा माओवादी केन्द्रले पनी संसदीय दलको नेता चयन गरेको छ ।धनगढीस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले दुईदिनपछि माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन भएका हुन्। नवनिर्वाचित प्रदेश सभा सदस्य भट्ट संसदीय दलको नेतामा चयन भएका हुन्। दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने आजको बैठकले चयन गरेको छैन्, त्यसपछि तोकिने जनाइएको छ। साथै माओवादीको नेतृत्वमा सरकार बनाउने पहल गर्ने जिम्मा पनि बैठकले भट्टलाई दिएको छ। माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशसभामा ११ सांसदसहित दोस्रो दल बनेको छ।