समृद्ध सुदूरपश्चिम बनाउने प्रदेश सभा सदस्यहरुको संकल्प (भिडियो रिर्पोट)
2023/01/02, 6:06
 
dd

सुदूरपश्चिम प्रदेशसभा सदस्यहरुले प्रदेशलाई सुन्दर र सम्पन्न बनाउन समृद्ध सुदूरपश्चिम बनाउन संकल्प लिनुपर्नेमा जोड दिएका छन् । सभाको जेष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा सोमबार आह्वान गरेको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्यहरुले सो प्रदेशको लागि संकल्प र प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका हुन् ।

बैठकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य शिवराज भटट्ले प्रदेशको समग्र विकासको लागि सबै प्रदेशसभा सदस्यहरु एक ढिक्का भएर बढ्नुपर्ने बताए । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भटट्ले प्रदेशलाई राईजिङ प्रदेशको रुपमा विकास गर्न संकल्प लिनुपर्ने बताए ।

नेकपा एमालेका संसदीय दलको नेता राजेन्द्रसिंह रावल र एकीकृत समाजवादीका संसदीय दलको नेता दीर्घबहादुर सोडारीले पनि प्रदेशको विकासको लागि सबैले प्रतिवद्ध भएर लाग्नुपर्ने बताए । 

बैठकमा नागरिक उन्मुक्तीका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरी, स्वतन्त्र प्रदेशसभा सदस्य डा.ताराप्रसाद जोशी राप्रपाकी खेमा विष्टले पनि बैठकलाई सम्बोधन गर्दै समृद्ध सुदुरपश्चिम निर्माणका लागि लाग्नुपर्नेमा जोड दिए ।