जिप्रका कैलालीका सई र हवलदार तस्करीमा मुछिए, हप्ता पनि असुल्न थालेपछि उजुरी
2023/01/03, 12:42
 
ss

कैलालीमा प्रहरी नायब निरीक्षक सई र सहायक हवलदार तस्करीमा मुछिएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी नाबय निरीक्षक सुशिल चन्द र सहायक हवलदार नन्दराज भट्टमाथि तस्करीका सामान भित्र्याउने गरेको आरोप लागेको छ ।

जिल्ला प्रहरी कार्यालय, नेपाल पत्रकार महासंघ कैलाली लगायतका निकायमा पठाइएको बेनामी उजुरीमा प्रहरीद्धय चन्द र भट्टले कार्यालय प्रमुखलाई समेत गुमराहमा राखेर तस्करलाई संरक्षण दिदै सामान भित्र्याउने गरेको भन्दै कारवाही गर्न माग गरिएको छ । सामान मात्र नभएर भारतीय मुद्राको कारोबार, सुन, काठ, लागुऔषध तस्करीमा उनीहरु संलग्न रहेकाले कारवाहीको माग गरिएको छ ।

सामाजिक अभियन्ता नामबाट हुलाक मार्फत पठाइएको निवेदनमा जिल्लाको पुर्वी क्षेत्रमा तस्करी गर्ने र प्रहरीलाई महिनावारी रकम बुझाउने गरेको आरोप सहित नाम समेत तोकिएको छ । सोमबार पत्रकार महासंघ कैलालीमा सो निवेदन हुलाक मार्फत पुगेको पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले बताए । पठाउनेमा सामाजिक अभियन्ताको नाम उल्लेख गरिएको उनले बताए । पत्रकार

महासंघ कैलालीलाई दिएको निवेदनमा यस्तो भनिएको छ ।
महोदय, हाल आएर कैलाली जिल्लामा तस्करहरुको अखडा बनेको छ । निज तस्करलाई प्रहरीका घुमुवाहरुले संरक्षण दिएको हुनाले कैलालीका सम्पुर्ण नाकाहरुबाट बिभिन्न चोरी तस्करीका समानहरु भित्र्याउनमा प्रहरी नायब निरिक्षक सुनिल चन्द र नन्दराज भट्टले कैलालीका सबै नाकाबाट अशुली धन्दा शुरु गरी कार्यालय प्रमुखहरुलाई पनि कुनै जानकारी नदिई गुमराहमा राखेको र निजमाथी छानबिनगरी आवश्यक कावाृही होस भनी यो पत्र पेश गरेका छौँ ।

चिनिका नाइकेहरुलाई आवश्यक कार्वाही गरियोस, छानबिन गर्दा पुलिस प्रशासनबाट नभई अन्य जनमानसबाट छानबिन होस, हाल आएर प्रत्येक ठाउँबाट पैँसा उठाउने गरेको र निज दुई जनामाथी छानबिन होस भनी यो पत्र पेश गरेका छौँ ।
 

टिकापुर
रतन खत्री २०,०००
दिपक साउँद १५,०००
चिन बहादूर अधिकारी १८,०००
कमल साउँद काम छोडेको
कनक शाही काम छोडेको
भजनी
लोक बहादूर साउँद ३०,०००
सुरेश हमाल ७०,०००
हरि जोशी २०,०००
नन्दु बिक १५,०००
राज कुमार ५,०००
सन्चलाल चौधरी ५,०००
सनु ५,०००
कट्टा ५,०००
हसुलिया र फुलवारी
ओम प्रकाश १५,०००
गोबरैला ५,०००
रामपुर १०,०००
रोशन चौधरी १५,०००
भागीराम चौधरी १०,०००
सागर चौधरी ५,०००
रामचन्द्र चौधरी १०,०००

भारतिय मुद्राको कारोवारी, सुन तस्कर, काठ तस्कर, लागु औषध तसकरहरुसंग समेत निज दुवै जना संलग्न भएकोले निजहरुमाथी आवश्यक कार्वाही गरियोस । आजको दिनदेखी कैलालीको सबै ठाउँमा घुमुवा हो, भोलीको ८ बर्षे एकाउन्टेन्ट हो, मलाई को ले के गर्छ, भन्ने गरेको र आफ्नो गल्ती कमी कमजोरीलाई ढाकछोप गर्नका लागी सम्पुर्ण टोलीलाई डराई, धम्क्याई सिबिल टोलीबाट हटाएको हुनाले निज दुवै जनामाथी छानबिन होस,
 

यो पत्रकार महासंघ कैलालीमा आएको निवेदनमा उल्लेख गरिएको लिस्ट हो ।


तसकरी गरेर महिनावारी प्रहरीलाई रकम बुझाउने गरेको पत्र पत्रकार महासंघ कैलालीमै पुगेपछि महासंघले गम्भिरता पुर्वक लिएको महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले बताए । महासंघले पत्र आइसकेपछि निश्पक्ष छानबिन गरी दोषी उपर कार्वाही हुनुपर्ने माग राखेको छ । प्रहरीलाइनै आरोप लागिसकेपछि वास्तविकता आउनुपर्ने अध्यक्ष जोशीले बताए ।

गल्ती कमजोरी ढाकछोप गर्ने उद्देश्यले डराई, धम्क्याएर घुमुवा टोलीबाट हटाएको पनि उल्लेख छ । उक्त उजुरीमा भजनी, टीकापुर, हसुलिया लगायतका क्षेत्रबाट विभिन्न व्यक्तिसँग हप्ता असुलेको रकम समेत उल्लेख गरिएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले कारवाहीको माग गर्दै हालिएको बेनामी उजुरीमा सुनिल चन्द भनेर लेखिएका व्यक्ति सुशिल भएको बताउदै उक्त विषयमा छानविन गर्ने जानकारी दिए । मोटरसाइकल दुर्घटनामा परेर चन्द घाइते भएर अस्पतालमा उपचाररत रहेको र भट्ट जिल्ला प्रहरी कार्यालयमै रहेको उनको भनाइ छ ।

दुवै जनामाथि आवश्यक छानविन गरेर दोषी देखिएमा कारवाहीको दायरामा ल्याइने प्रहरी नायब उपरीक्षक जोशीले बताए । पत्रकार महासंघ कैलालीलाई पनि सोही व्यहोराको पत्र हुलाक कार्यालय मार्फत प्राप्त भएको थियो । अहिले जिल्लाको प्रमुख भएर आएका एसपी देवेन्द्रबहादुर पालले कडाइ गरेका कारण कारवाहीको अपेक्षा सहित पीडित प्रहरी अधिकृतले नै विभिन्न निकायमा बेनामी उजुरी दिएको स्रोत बताउँछ ।