मौलिक पर्वका नाममा हुने बिकृति र कुरुति अन्त्य गरिनुपर्छः प्रदेश सभा सदस्य रमेश धामी
2023/01/03, 5:49
 
dd

प्रदेश सभा सदस्य रमेश धामी मौलिक पर्वका नाममा हुने बिकृती र कुरुती अन्त्य गरिनुपर्ने बताएका छन् । सुदुरपश्चिम लोक साँस्कृतिक समाज फुलवारीको आयोजनामा गरिएको भुवा पर्व तथा सास्कृतिक कार्यक्रमको समापन कार्यक्रममा उले सो कुरा बताएका हुन्।

धनगढी उपमहानगरपालीका वडा नम्बर १४,१८ र १९ को आयोजनामा भुवा पर्व तथा सास्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । भुवा पर्व तथा साँस्कृतिक कार्यक्रम समापन समारोहका प्रमुख अतिथी तथा नेकपा माओवादी केन्द्रका नेता तथा प्रदेश सभा सदस्य धामीले भुवा पर्व तथा साँस्कृतिक पक्ष र मौलिक पक्षलाई जोर्गेना गर्नुपर्ने बताए। पुर्खौदेखी चलिआएका बिविध मौलिक संस्ृकतीलाई जोगाउनु सबैको दायीत्व भएको बताए । उनले सुदुरपश्चिममा विविध सामाजिक तथा सास्कृतिक परम्पराले भरिएको प्रदेश रहेको बताए।

उनले भने, यस्ता मौलिक पर्वहरुको जगेर्नाका लागि मेरो पनी जोड रहने प्रतिबद्धता छ। तर मौलिक पर्वका नाममा हुने बिकृती र कुरुतीको पनि अन्त्य गरिनुपर्छ। यस्ता कार्यक्रमको माध्यमबाट लोक सस्कृतीको जगेर्ना गनु सबैको दायित्व पनि हो उनले भने । कार्यक्रममा भुवा पर्व को नाच सहित साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको कार्यक्रममा सहभागी माओवादी केन्द्र धनगढीनगर सचिब रमेश प्रसाद भट्टराईले जानकारी दिए। भुवा पर्व तथा साँस्कृतिक कार्यक्रममा बिभिन्न साँस्कृतिक समुहलाई सम्मानपत्र बितरण गरिएको थियो ।