
दार्चुलाको व्यास गाउँपालिका २ थीमा नेपाली सेनाको बेस क्याम्प निर्माण हुने भएको छ । मङ्गलवार बिहान काठमाण्डौबाट आएको नेपाली सेनाको एमआई–१७ हेलिकप्टरले निर्माण सामग्री झारेको सेनाको विकास निर्माण कार्यदल–२ दार्चुलाले जनाएको छ ।

सेनाको विकास निर्माण कार्यदल–२ ले गएको दुई वर्षदेखि दार्चुला–तिङ्कर सडक निर्माण गरिरहेको छ । निर्माण कार्यदलको आयोजना कार्यालय सुन्सेराबाट सडक निर्माण भइरहेका विभिन्न ठाउँमा कम्प्रेसर मेशिन लगायत अन्य मेशिनहरू हेलिकप्टरले ढुवानी गरिरहेको छ ।
दार्चुला–तिङ्कर सडकको कुल लम्बाइ एक सय ३२ किलोमिटरमध्ये ८७ किलोमिटर क्षेत्रमा सेनाको विकास निर्माण कार्यदलले निर्माणको काम गरिरहेको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2019/09/18, 1:28
2020/09/03, 9:57
2021/03/13, 1:42
2021/10/10, 10:03