सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरीको दावी
2023/01/04, 11:48
 
ss

नागरिक उन्मुक्ति पार्टीको संसदीय दलका सदस्य कैलालीको क्षेत्र नम्बर १ बाट निर्बाचित प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरीले मुख्यमन्त्रीमा दावी गरेका छन् ।

नागरिक उन्मुक्ति पार्टीले संसदीय दलको नेतामा रामेश्वर चौधरीलाई चयन गरेपनि मुख्यमन्त्रीमा भने लक्ष्णम किशोरले दावी गरेका हुन् । उनले संसदीयको नेता मात्र मुख्यमन्त्री बन्न पाउने नीति नभएको बताए । पार्टी गठन देखि अहिलेको अवस्था सम्म पुर्याएको योगदानको मूल्यांकन गरिनु पर्ने उनको भनाई छ ।

नागरिक उन्मुक्ति पार्टीका लागि टीकापुरले सबैभन्दा बढि योगदान पुर्याएको छ, उनले भने, टीकापुरबाट निर्बाचित सांसद नै मुख्यमन्त्री बनाउनु न्यायोचित हुन्छ । २०७२ को घट्नापछि टीकापुर निकै पछाडि परेको र यहाँ जनताले सबैभन्दा मार खेप्नु परेकोले टीकापुरको विकास, समृद्धि र यहाँका जनताको न्यायका लागि पनि टीकापुरबाट निर्बाचित सांसदलाई पार्टीले मुख्यमन्त्री बनाउनुपर्छ ।

केन्द्रीय सत्ता गठबन्धनमा रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूर पश्चिम प्रदेश सरकारको नेतृत्व पाउनु पर्ने अडान राखेको छ । सुदूर पश्चिममा नागरिक उन्मुक्ति पार्टीका सात जना सांसद छन् । तेस्रो ठूलो दलले संघीय सरकारको नेतृत्व गर्न पाउने, नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरीले भने, हामीले प्रदेश सरकारको नेतृत्व गर्न किन नपाउने ?