
सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेताका लागि सहमति नभएपछि निर्वाचन हुने भएको छ । दलको नेता चयनका लागि मंगलबार रातिसम्म आकांक्षी उम्मेदवारलाई समय सीमा दिइएको थियो ।

सहमति नजुटेपछि आज साँझ ४ बजे निर्वाचन हुन लागेको हो । सुदूरपश्चिम प्रदेशको संसदीय दलको नेताका लागि ७ जनाले दाबी गरेका छन् ।
दलको नेता हुनका लागि प्रदेश सदस्य शिवराज भट्ट, बहादुरसिंह थापा, मेघराज खड्का, प्रकाशबहादुर देउवा, कमलबहादुर शाह, दिवानसिंह बिष्ट र मानबहादुर रावलले दाबी प्रस्तुत गरेका हुन् ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/21, 10:34
2024/12/03, 6:09
2021/05/10, 8:44
2021/12/05, 10:34