राप्रपा कैलालीले राष्ट्रिय एकता दिवस मनाउने
2023/01/05, 12:53
 
wqedww

राष्ट्रिय प्रजातन्त्र पार्टी कैलालीले राष्ट्रिय एकता दिवस मनाउने भएको छ। पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन राप्रपा कैलाली अध्यक्ष होमबहादुर गुरुङको संयोजकत्वमा १ सय १ सदस्यीय मूल आयोजक समिति गठन भएको हो।

राष्ट्रिय एकताका प्रतिक, नेपाल राष्ट्र एकिकरणका नायक श्री ५ पृथ्वीनारायण शाहको जन्म जयन्ती र राष्ट्रिय एकता दिवस मनाउन राप्रपा कैलालीको आज(बुधबार) बसेको बैठकले निर्णय गरेको राप्रपा सुदूरपश्चिम प्रदेश कोषाध्यक्ष एवं आर्थिक समिति संयोजक डिल्लीराज अवस्थीले बताए।

यस्तै, राष्ट्रिय एकता दिवस मनाउन राप्रपा कैलाली प्रचारप्रसार समिति संयोजकमा धनगढी नगर अध्यक्ष शमशेरजंग स्वाँरलाई चयन गरेको छ। जिल्ला समितिको बैठकले व्यवस्थापन समिति संयोजकको जिम्मेवारी कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का अध्यक्ष सुरेशकुमार रिजाललाई दिइएको प्रदेश कोषाध्यक्ष अवस्थीले बताए।