धनगढीमा ट्याक्टरसहित ६ गोलिया सालको काठ बरामद
2023/01/05, 1:07
 
kath

 धनगढीमा ट्याक्टरसहित ६ गोलिया काठ बरामद गरिएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर १४ फूलवारीबाट ट्याक्टरसहित ६ गोलिया सालको काठ सब–डिभिजन वन कार्यालय, फूलवारीले बरामद गरेको हो।  

वन कार्यलय फूलवारीका प्रमुख लोकराज दाहालका अनुसार वनको गस्तीमा रहेको समूहले विषेश सूचनाका आधारमा बुधवार राति फूलवारी बक्टैया ताल क्षेत्रबाट ट्याक्टरसहितको काठ बरामद गरेको छ। भरताल साझेदारी वनको क्षेत्रमा पर्ने उक्त वन क्षेत्रबकाट ट्याक्टरसहित ६ गोलिया साल जातको काठ बरामद गरिएको दाहालले बताए। 

से १ त २३० नम्बरकको ट्याक्टरमा साल जातको ६ गोलिया राखिएको अवस्थामा सब डिभिजन वन कार्यालयका कर्मचारी र भरताल साफेदारी वनको संयुक्त समूहले बरामद गरेको हो। उक्त वन क्षेत्रमा काठ तस्करी बढेपछि संयुक्त गस्ती हुँदै आएको छ। 

सूचनाका आधारमा गस्ती टोलिले ट्याक्टरसहितको काठ बरामद गरेपनि तस्कर फरार भएका छन। बरामत गरियको ट्याक्टरसहितको काठ सब डिभिजन वन कार्यलय फूलवारीमा राखिएको छ। यो विषयमा वनका कर्मचारीले थप अनुसन्धान गर्दैछन्।