महिलासँग ब्ल्याकमेल गर्ने सशस्त्र प्रहरीका भगौडा भट्ट धनगढीबाट पक्राउ
2023/01/05, 2:58
 
bhagauda

महिलासँग ब्ल्याकमेल गरेको आरोप लागेका सशस्त्र प्रहरीका भगौडा पदमराज भट्ट पक्राउ परेका छन्। कैलाली प्रहरीले उनलाई धनगढीबाट पक्राउ गरेको हो। 

ठगीमा संलग्न नटवरलाल अर्थात पदमराज भट्टलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले बताए।

 विभिन्न ठगी र अपराधमा संलग्न उनी यसअघि कारागार  बसिसकेका व्यक्ति हुन्। उनी पाँच वर्षदेखि सुदूरपश्चिममा बसेर संगठित रुपमै विभिन्न अपराधमा गर्दै आएका आरोप छ।

भट्ट चिटिक्क परेर विशेष गरी महिलाहरुसँग नजिक भएर संगठित रुपमै ठगी गर्दै आएका छन्। उनले दिने परिचयबाट जो कोही पनि सहजै रुपमा उनीसँग आकर्षित र प्रभावित बन्ने गरेका छन्।

समय परिवेशअनुसार नटवरलाल आफ्नो व्यक्तित्व परिवर्तन गर्न माहिर छन्। ठगीका अनेक उपाय उनी पोख्त  छन्। उनी विशेष गरी महिलाहरुलाई ठग्न संगठित रुपमै लागेका छन्।

नटवरलालले अहिलेसम्म डोटी, कैलाली र कञ्चनपुरमा गरी दर्जनौ महिलाहरुलाई ठगी गरिसकेका छन्। महिलाहरुलाई आर्थिक प्रलोभवनमा पारेर नटवरलाले संगठित रुपमै ठगी धन्दा चलाइरहेका प्रहरीले बताएको छ।