
तराईमा शीतलहर अझै केही दिन कायमै रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज पनि तराईमा शीतलहर चलेको छ ।

तराईको धेरै भूभाग हुस्सु र कुहिरोले ढाकिएको छ ।महाशाखाका अनुसार आज दिउँसो र रातिसमेत तराईका धेरै भूभागमा हुस्सु र कुहिरो कायमै रहने छ । पहाडी भू-भागमा भने आंशिक बदली हुने सम्भावना छ । बाँकी भू-भागको मौसम सफा रहेने महाशाले जनाएको छ ।
आइतबार र सोमबार पनि तराईमा शीतलहर जारी हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा भने मौसम सामान्यतया सफा रहनेछ ।शीतलहरका कारण तराई क्षेत्रको जनजीवन प्रभावित भएको छ।

तराई क्षेत्रमा हुस्सु र कुहिरो लागिरहेकोले सडक तथा हवाई यातायातमा समस्या हुनसक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन अपिलसमेत गरेको छ ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2019/09/18, 1:28
2020/09/03, 9:57
2021/03/13, 1:42
2021/10/10, 10:03